नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबारका लागि बोलाइएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको उनको भनाइ छ ।

बैठकमा समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *