पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन
थानकोट ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।
०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने ।
पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् ।
पीएलले आफ्नो कार्यकालमा गरेका कामले काठमाडौं महानगरपालिकाको जग हालिएको मानिन्छ ।
उनी पूर्वमन्त्री पनि हुन् ।