कागेश्वरी मनोहरामा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

हिजो शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताए ।

३८ वर्षीय आचार्यको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

शनिबार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८  किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् ।

उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *