विद्यालय खेलकुद महासंघको अध्यक्षमा विनोद श्रेष्ठ, उपाध्यक्षमा मोहनकुमार कार्की निर्वाचित

Thankot Times

थानकोट ।

नेपाल विद्यालय खेलकुद महासंघको साधारण सभा तथा निर्वाचनले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

माधव सापकोटाले वरिष्ठ उपाध्यक्ष, नैकापस्थित ब्राइट फ गोपीबहादुर सार्की अछामी,  र सीता लामाले उपाध्यक्ष तथा राजकुमार कार्कीले महासचिवको जिम्मेवारी पाए ।

सुवास न्यौपाने, आरबी कट्वाल, खडकबहादुर थापा, डिके ढुंगाना, मोहनराज भट्ट, विलय गौतम, सुमन श्रेष्ठ, पदम राना, सोविनराज रेग्मी, नविन महर्जन र रञ्जना प्रधान सदस्यमा चयन भए ।

साधारणको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

महासचिव कार्कीका अनुसार साधारण सभामा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *