नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक पुस २१ मा बस्ने

Thankot Times

थानकोट ।

 नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आउँदो पुस २१ गते बस्ने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति तय गरिएको हो ।

त्यसको तयारीका निम्ति स्थायी कमिटी बैठक पुस १८, १९ र २० गते बस्ने माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठक यसअघि पुस २ देखि ७ गतेसम्म बस्ने तय थियो । शुक्रबारको बैठकबाट नयाँ मिति तोकिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *