कीर्तिपुरका मेयरका उम्मेदवार राजमान महर्जन (मानव)को चुनावी खर्च २ लाख ९७ हजार

Thankot Times

थानकोट ।

गत मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान महर्जन (मानव)ले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

महर्जनले शुक्रबार आफ्नो चुनावी खर्च सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

महर्जनले उपनिर्वाचनमा २ लाख ९७ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

प्रचारप्रसार शीर्षकमा उनले सबैभन्दा धेरै खर्च गरेका छन् ।

जुन शीर्षकमा ७५ हजार रुपैयाँ खर्च भएको महर्जनको भनाइ छ ।

११ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी परेको कीर्तिपुर नगरको मेयर पदको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णमान डंगोल विजयी भएका थिए ।

निर्वाचन आयोगका अनुसार डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाए ।

नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाए ।

राजमान महर्जनले २०३६ मत पाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *