नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
थानकोट ।
आज शुक्रबार नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ ।
सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको महासंघको आज निर्वाचन हुन लागेको हो ।
आगामी तीन वर्षको नेतृत्वका लागि निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएका छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायत समुहबाट उम्मेदवारी दिएका हुन् ।
सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् ।
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडल मैदानमा छन भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साहबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
उता, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन ।
यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बीचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।