काठमाडौंमा आज यो वर्षकै हालसम्मकै चिसाे

Thankot Times

थानकोट ।

काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ ।

काठमाडौंमा आज बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

“बिहान बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ,” मौसमविद् विनु महर्जनले भनिन्, “यो तापक्रम यो वर्षका लागि हालसम्मको न्युन हाे ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो ।

दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *