नागढुङ्गा नाकाबाट समातिए २६ वर्षीय टेकेन्द्र

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले बिहीबार मध्यान्ह १२ः४५ बजे नागढुङ्गा नाकाबाट एक युवा नियन्त्रणमा लिएको छ ।

झापाको बुधबारेदेखि काठमाण्डौतर्फ आउँदै गरेको बा. ०१-००६ ख ५९५४ नम्बरको यात्रुबहाक बसलाई नागढुङ्गा प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टाेलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ३ बस्ने वर्ष २६ को टेकेन्द्र थापाले आफुले बोकी ल्याएको कालो रङको ब्याग भित्र लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागु औषध फेला परेको थियो ।

उनको साथबाट स्पास्मिड ट्याबलेट १२० थान र ट्रामाडोल ट्याबलेट ११९ थान फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थापा माथि थप अनुसन्धानका लागि प्रहरी वृत थानकोटमा राखिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *