नेपाल प्रिमियर लिग क्रिकेटः लुम्बिनी सुपर ४ को समीकरणबाट बाहिरियो
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनीको पराजयको क्रम जारी रहँदा उ सुपर ४ को समीकरणबाट बारिएको छ । बुधबार सम्पन्न दिनको दोश्रो खेलमा लुम्बिनीमाथि काठमाण्डाै गुर्खाजले दाेस्राे जीत हात पारेकाे छ । खेलमा काठमाण्डाैले लुम्बिनी लायन्सलाई १८ रनले हरायाे ।
काठमाण्डाैले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयाे । लुम्बिनीका सन्दीप जाेराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डाैका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काठमाण्डाै १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयाे । काठमाण्डाैका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
याे जीतसँगै काठमाण्डाैले ४ खेलमा ४ अङ्क जाेड्दै तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । काठमाण्डाै प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएकाे छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जाेडेकाे छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार पनि २ खेल हुनेछन् ।
यस्तो छ बुधबार सम्पन्न खेलपछि एनपीएलको अंक तालिका