कांग्रेसले बनायो ८ वटा भ्रातृ संस्थाको महाधिवेशन निर्देशन समिति, राजेन्द्रकुमार केसी किसान संघमा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले महाधिवेशन हुन नसकेका आठ वटा भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको छ । 

सभापति शेरबहादुर देउवाले नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन आगामी चैतभित्र गर्नेगरी निर्देशन समिति बनाएका हुन् ।

सम्बन्धित भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्नका लागि सभापति देउवाले निर्देशन समिति गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको पौडेलले बताए । 

कसले पाए जिम्मेवारी हेर्नुहोस् सूची :


Leave a Reply

Your email address will not be published. Required fields are marked *