सतुङ्गलस्थित एक सिमेन्ट गोदाममा अचेत फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु
थानकोट ।
सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्य्राक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-१ दहचोक डाँडाघरे घर भएका ट्य्राक्टर चालक माइला भनिने बुद्धि बहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो।
सतुङ्गलस्थित सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वूस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्याइए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।