काठमाडौं फोटोग्राफर संघद्धारा ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को घोषणा
थानकोट ।
काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड’ २०२४ को आयोजना गर्ने घोषणा गरेको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरि प्रसाद घिमिरेले अवार्ड कार्यक्रमको महत्व र उद्देश्यका बारेमा चर्चा गर्दै आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम घाेषणा हुने जानकारी दिए।
अध्यक्ष घिमिरेका अनुसर, “संघको स्थापना २०६५ सालमा भएको हो र तबदेखि हामी फोटोग्राफरको हकहितका लागि विभिन्न कार्य गर्दै आएका छौँ। विवाह फोटोग्राफीमा लाग्न चाहने साथीहरूको मनोबल उच्च पार्नका लागि २०१२ देखि हामी विवाह फोटो प्रतियोगिता गर्दै आएका छौँ।”हामी फोटोग्राफरहरूको क्षमता र सिर्जनशीलतालाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दैछौँ।”
अध्यक्ष घिमिरेको नेतृत्वमा काठमाडौँ फोटोग्राफर संघले विवाह फोटोग्राफीलाई एक महत्वपूर्ण कला र व्यवसायको रूपमा प्रतिष्ठा दिलाउनका लागि काम गर्दै आएको छ। उनले संघको आगामी योजना’ पनि स्पष्ट पार्दै अवार्ड कार्यक्रमको आयोजकका रूपमा फोटोग्राफरहरूको दक्षता विकास र प्रोत्साहनका लागि कडा पहल गरिरहेको बताए । अवार्ड कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहने भन्दै अध्यक्ष घिमिरेले प्रायोजक लगायत संस्थामा आबद्ध हुनुभएका सम्पूर्णलाई विषेश धन्यवाद दिएका छन् ।
कार्यक्रमका संयोजक आनन्दप्रभाकर घिमिरेले आगामी पौष १२ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।
उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उद्धेश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न उनले जानकारी दिए ।
उनले भने,‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरुलाई प्रोत्साहन र दक्षता विकासको उद्धेश्यका साथ आयोजना गर्दैछौं ।’ अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् ।
फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ ।
अवार्डकाे मुख्य विधाअन्तर्गत प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।