कीर्तिपुर नगर क्षेत्रमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।

कीर्तिपुर र चन्द्रागिरिका विभिन्न शक्तिपीठबाट आज तीनथानास्थित विष्णुदेवी मन्दिरमा रथयात्रा गरि सात गाउँले जात्रा मनाइँदैछ ।

जात्राका अवसरमा चन्द्रागिरि नगरमा सात गाउँले जात्रा मनाइने विभिन्न ७ वटा वडामा पनि बिदा दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *