सात गाउँले जात्रा सञ्चालन हुने चन्द्रागिरि नगरका विभिन्न सात वडामा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

हरेक वर्ष मार्ग शुक्ल दशमीका दिन मनाइने प्रसिद्ध सात गाउँले जात्रा आज चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी मन्दिर क्षेत्रमा बिहानैदेखी धुमधामका साथ मनाइँदैछ ।

जात्रा अवलोकनका लागि हजाराैंको संख्यामा महिला तथा पुरूषहरू बल्खु नदी किनारमा भेला भएका छन् ।

काठमाण्डाैका कीर्तिपुर, पाँगा, सतुंगल, मच्छेगाउँ, बोसीगाउँ, नगाँ र ल्वंकोटसमेत सात गाउँको समष्टि जात्रालाई सात गाउँले जात्रा वा बखुँमद जात्रा भनेर चिनिन्छ । अचेल यस जात्रामा नैकाप पनि थपिएको छ ।

सहज रूपमा जात्रा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले आवश्यक व्यवस्थापन मिलाएको जानकारी दिएको छ ।

चन्द्रागिरि नगरका वडा नंं ८ मातातिर्थस्थित ल्वंकोट, वडा नं. ९ मच्छेगाँउ, वडा नं. १० र ११ सतुङ्गलमा सालिन्दा सात गाउँले जात्रा मनाउने परम्परा छ ।यसैगरी, चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १४ नयाँ नैकाप एवं चन्द्रागिरि १५ तीनथानामा समेत सात गाउँले जात्रा मनाउने गरिन्छ ।

चन्द्रागिरि नगरपालिकाले सात गाउँले जात्राका अवसरमा नगर क्षेत्रका विभिन्न ७ वडामा सार्वजनिक बिदा दिएको छ ।

आज जात्राको मुख्य दिन चन्द्रागिरि ८, ९, १०, ११, १३, १४ र १५ मा सार्वजनिक बिदा दिइएको हो।*

जात्रा कै अवसरमा मंसीर २७ गते वडा नं. १० र ११ सतुङ्गलमा चन्द्रागिरि नगरपालिका कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको शाखा अधिकृत दामोदर रिजालले जानकारी दिए ।

*यसअघि भूलवश वडा नं. १२ मा बिदा उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ