काभ्रेको साँगा नाकाबाट आधा केजी ‘सुन’सहित दुईजना पक्राउ
थानकोट ।
प्रहरीले काभ्रेको बनेपा नगरपालिका-१३ स्थित साँगा चोकबाट ५५८ ग्राम पहेँलो धातु (सुन) सहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ प्रहरीले काभ्रेकै रोशी गाउँपालिका-९ का ३८ वर्षीय वसन्त लामा र रामेछापको मन्थली नगरपालिका-१ का २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिटमुनि प्लास्टिकको झोलामा लुकाएको अवस्थामा पहेँलो धातु बरामद गरेको जनाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।