काठमाडौंमा दुई जना मृत अवस्थामा फेला
थानकोट ।
काठमाडौंमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ बल्खु डेरा गरी बस्ने महोत्तरी भांगाह नगरपालिका-४ घर भएका ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी, काठमाडौं महानगरपालिका-२४ नरदेवीस्थित पसरननी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।