काठमाडौंमा जुवातास खेलिरहेका १६ जना पक्राउ
थानकोट ।
काठमाडौंका दुई स्थानमा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५, डल्लुका ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद ६३ हजार २८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई प्रहरी वृत्त स्वयंम्भूले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
यस्तै, नागार्जुन नगरपालिका–३, गैरीगाउँका हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४७ वर्षीय दोर्जे लामासहित नौजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नगद दुई लाख ९९ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।