आइतबार दुबईमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो। उसका लागि रिजन होसेनले ४७ रन बनाउँदा मोहमद सिहाब जेम्सले ४० रन बनाए।
भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले २-२ विकेट लिएका थिए। त्यस्तै किरन चोर्माले, केपी कार्थीकेया र आयुष महत्रेले समान १-१ विकेट लिए।
१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत ३५.२ ओभरमै १ सय ३९ रनमा अलआउट भयो।
भारतका लागि कप्तान मोहमेद अमानको २६ रन सर्वाधिक रह्यो।
भारतलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका इकबाल होसेन इमोन र अजिजुल हाकिमले ३-३ विकेट लिए। त्यस्तै अल फहादले २ विकेट हात पार्दा मारुफ मृधा र रिजन होसेनले १-१ विकेट लिए।
इकबाल होसेन इमोन प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी चुनिए ।