कीर्तिपुर नगरमा मंसिर २५ गते सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले मंसीर २५ गते मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले सो दिन सात गाउँले जात्रा परेका कारण उक्त अवसरमा नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार मंसीर २३ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार बिदा दिइएको हो ।

सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ।

यस क्रममा पाँगाको बालकुमारी र विष्णुदेवीको रथ यात्रा गराइन्छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिरपरिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *