१२औं किन्डर ओलम्पिक सुरु, १ हजार ८ सय बालबालिकाको सहभागिता

Thankot Times

थानकोट ।

साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले शनिबारबाट ललितपुरमा किन्डर ओलम्पिक सुरु भएको छ । प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न ३८ वटा विद्यालयका विद्यार्थीहरू सम्मिलित छन् । 

तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिताको यो १२औं संस्करण हो ।

पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको एक समारोहकाब बीच ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । सो क्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, नेवा दे दबुका अध्यक्ष पवित्र बज्राचार्य, शारीरिक सुगठन खेलाडी रजनी श्रेष्ठ तथा अन्य ओलम्पियनहरूको उपस्थिति रहेको थियो । 

अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए)को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागिता रहेको छ । 

सहभागीले तेक्वान्दो, उसु, कराँते, जिन्याष्टिकलगायतका खेलको प्रदर्शनी खेल प्रस्तुत गर्ने छन् ।

‘जित्नुभन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकमा सहभागी सबैलाई पदक प्रदान गरिने छ ।

सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिकको सुरुआत गरिएको आयोजकले जनाएको छ । विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरु मिलेर २०६८ सालमा स्थापना गरिएको इसीइटीए नाफारहित गैरसरकारी संस्था हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *