चन्द्रागिरि नगरपालिकाले खुला रूपमा कटन क्याण्डी बेच्न लगाएको रोक फुस्सा !
थानकोट।
गत वर्ष फागुन २ गते चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा हानिकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाइएको बारेमा सूचना जारी गर्यो ।
सो सूचनामा नगरले बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को बिक्री वितरण भईरहेकोले सो रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलले पत्र काटेरै जानकारी गराएपछि नगर क्षेत्रमा त्यस्ता अखाद्य रङ मिसाइएको कटन क्याण्डी बेच्न रोक लगाएको जनाइएको थियो ।
यद्यपी सो सूचनाको कुनै पालना नभएको पाइएको छ ।
चन्द्रागिरि नगर क्षेत्रका विभिन्न चोक तथा मेला, महोत्सव, चाडपर्व एवं जात्राहरूमा खुलमखुला कटन क्याण्डी बिक्री भइरहेको छ ।
पछिल्लो समय बालबालिकाहरूको बढी जमघट हुने थानकोटस्थित त्रिभुवन पार्कमा व्यापक रुपमा कटन क्याण्डी बिक्री भइरहेको पाइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगीन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ ।
गत वर्ष चन्द्रागिरि नगरले जारी गरेको सूचना हेराैंः