नेपालमा यी तीन वटा विषादी प्रतिबन्धित

Thankot Times

थानकोट ।

नेपाल सरकारले तीन प्रकारका विषादी प्रतिबन्धित लगाएको छ ।

सरकारले नेपाल राजपत्रमा सूचना जारी गर्दै नोलमा पाराक्वाट, क्लोरपाइरिफोस र फोरेट नामक विषादी प्रतिबन्ध लगाएको हो । 

शुक्रबार प्रकाशित सूचनामा सो विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको उल्लेख छ । बाँकी रहेका विषादीहरू पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त/प्रयोग गरिसक्नु पर्नेछ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले यी विषादी र विषाक्त रसायनहरूका विषयमा लामो समयदेखि काम गर्दै आएको छ । केन्द्रले प्रतिबन्ध लगाएको विषादीको प्रभावकारी कार्यान्वयनको माग गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *