जनकपुरमा राम जानकीको स्वयंम्वर सम्पन्न
थानकोट ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज शुक्रबार भगवान रामजानकीको स्वयंम्वर सम्पन्न भएको छ ।
जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयंम्वर विधि सम्पन्न भएको हो ।
राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए ।
रंगभूमी मैदान पुगेको डोला परिक्रमा गरेपछि रामजानकीको स्वयंम्वर सम्पन्न भएको हो ।
स्वयंम्वरको समयमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।