भुटानी राजा जिग्मे सवार जहाज ट्रान्जिटका क्रममा काठमाडाैंमा ५ घण्टा रोकिने
थानकोट ।
भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने भएका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्।
चार-पाँच घण्टाको सो ट्रान्जिटका बीचमा राजा जिग्मेले स्वयम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ ।
बिहान ९.५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि र सो पछि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि उनी देश भुटान फर्किने कार्यक्रम रहेको बुझिएको छ ।
उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ ।