यःमरी पून्हिका अवसरमा कीर्तिपुरमा यःमरी प्रतियोगिता हुँदै, पहिलो हुनेलाई ७ हजार नगद पुरस्कार

Thankot Times

थानकोट ।

परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यःमरी पुन्हिका अवसरमा कीर्तिपुर नगरमा यःमरी बनाउने प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा मंसिर २९ गते कीर्तिपुर नगरपालिका १ लायकूमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । 

प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र पाउनेछन् । 

जसअनुसार पहिलो, दोश्रो र तेस्रो स्थान हात पार्नेले क्रमश ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार पाउने कीर्तिपुर नगरपालिकाले जनाएको छ ।  प्रतियोगितामा कीर्तिपुर नगर क्षेत्रका स्थानीयले मात्रै सहभागिता जनाउन पाउने नगरबाट जारी सूचनामा उल्लेख छ ।

यःमरी पून्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो ।

यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

फाइल तस्बिरः फोटोखिचुवा


Leave a Reply

Your email address will not be published. Required fields are marked *