बिआरआई को-अपरेशनः हेटाैंडा-काठमाडाैं रोप-वे को ठाउँमा पोड-वे बनाउने प्रस्ताव कटाैती
थानकोट ।
नेपाल र चीनले सम्झौता गरेको फ्रेमवर्क फर बिआरआई कोअपरेशनमा १० वटा परियोजना परेका छन्।
नेपाल सरकारले प्रस्ताव गरेका १२ मध्ये २ वटा हटाएर फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति नेपाल र चीन सरकारबीच भएको हो।
सम्झौताको हस्ताक्षरित दस्ताबेजबाट काठमाडौं-हेटौंडा पोड-वे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने प्रस्ताव हटाइएको हो।
नेपाल र चीनबीच बुधबार बिहान ‘फ्रेमवर्क फर बिआरआई कोअपरेसन’ְमा सम्झौता भएको हो। फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।
टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्यूजीअम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स बीआरआई फ्रेमवर्क’अन्तर्गत समेटिएका परियोजना रहेका छन् ।
पचास वर्षमा पनि नहुने सम्झौताको के अर्थ !!