नेपाल प्रिमियर लिगः कर्णालीविरुद्ध काठमाडौं ३ विकेटले विजयी
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ ।
काठमाडौंले बुधबार भएको छैटाैं खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो । कर्णालीले पेश गरेको १५० रनको चुनाैती काठमाडाैंले १९.३ ओभरमा ७ खेलाडीको क्षतिमा भेट्टायो ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो ।
काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठ विकेटले पराजित भएको थियो ।
काठमाडाैंका लागि सुमित महर्जनले ३७ बलमा ४० रन बनाएका थिए ।
यसअघि शिखर धवनको अविजित ७२ रनको सहयोगमा कर्णालीले १४९ रन बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत दिउँसो १ः१५ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।