नेपाल प्रिमियर लिगः कर्णालीले दियो काठमाडौंलाई १५० रनको लक्ष्य
थानकोट ।
नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल भइरहेको छ।
पहिले ब्याटिङ गरेको कर्णाली याक्सले काठमाडौं गुर्खाजसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो ।
कर्णालीका लागि शिखर धवनले ५१ बलमा अविजीत ७२ रन बनाए ।