लगातार १० दिनको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माणको कार्य सुचारु
थानकोट ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको कार्य सुचारु भएको छ ।
सुरुङमार्गमाथिको घर र जग्गाको मुआब्जा माग्दै चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का स्थानीयले गत मंसिर ९ देखि काममा अवरोध गरेका थिए ।
हिजो मंगलबारबाट निर्माण कार्य सुचारु भएको हो ।
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आफूहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद् मा पठाएको जानकारी आएकाले पुस ५ सम्मका लागि अवरोधको कार्य फिर्ता लिइएको स्थानीयको भनाइ छ ।