प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।

गत सोमबार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको तेस्रो दिन पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्न लागेका हुन् ।

आज उनले नेपाल–चीन बिजनेश फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन ।

यस्तै, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागीता रहने जनाइएको छ ।

उनले हिजो चिनियाँ राष्ट्रपति सि जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (चिनिया संसद)का अध्यक्षसँग भेटवार्ता गरेका थिए ।

समकक्षी ली छ्याङसँग भएको औपचारिक वार्तामा ९ बुँदे समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको थियो भने चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भएको वार्तामा नेपाललाई ५०० मिलियन युआन अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने उनले घोषणा गरेका थिए ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमबार चीन पुगेका हुन् ।

भ्रमणको चौथो दिन अर्थात बिहीबार बिहानै बेइजिङबाट ओली काठमाडौंका लागि उड्ने छन् । 

उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ