सडकमा फोहोर बाल्ने र सफा नगर्नेलाई काठमाडाैं महानगरले तिरायो जरिवाना
थानकोट ।
काठमाडौं महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ ।
महानगरको वडा- २९ अनामनगरमा फोहोरमैला बालेको भन्दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो ।
राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो ।
यस्तै काठमाडौ महानगरपालिका-२६ क्षेत्रको सरसफाइको ठेक्का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।