यू-१९ पुरुष एसिया कपः नेपालको सान्त्वना जित, अफगानिस्तान एक विकेटले पराजित

Thankot Times

थानकोट ।

एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पूर्ण टेस्ट राष्ट्रमाथि दोश्रो जित हात पारेको छ । 

मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेसँगै यस प्रतियोगिताको इतिहासमा नेपालले टेष्ट राष्ट्रमाथि दोश्रो जित हात पारेको हो ।

यसअघि नेपालले भारतलाई २०१९ को यू-१९ पुरुष एसिया कपमा पराजित गरेको थियो  ।

मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१ रन बनाए । कप्तान हेमन्त धामी २२ रनमा नटआउट रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । उसका फेसल शिनोजादाले सर्वाधिक ५२ रन बनाए । नेपालका सन्तोष यादव र युनिश ठकुरीले ३-३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २-२ विकेट लिए ।

मंगलबार नै सम्पन्न प्रतियोगिता नवाैं खेलमा बंगलादेशले श्रीलंकामाथि ७ रनले विजयी भयो । यी दुवै देश प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *