६८०० मत गणना हुँदा कीर्तिपुरमा नेपाली काँग्रेसका डंगोल ५१४ मतले अघि

Thankot Times

थानकोट ।

उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर पदको मतगणना जारी छ ।

यहाँ वडा नं. १ र ४ को वडाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएसँगै अब मेयर पदको मतगणना तिव्र पारिएको छ । 

हिजो आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत कीर्तिपुर नगरमा नेपाली कांग्रेसका उमेदवारले सुरुवाती अग्रता कायम राखेका छ ।

६७९८ मत गणना भइसक्दा २५८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल १ हजार ८ सय ९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन् 

यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन ११८८ मतसहित तेस्रो स्थानमा छन् । 

कीर्तिपुर नगरको मेयरमा ११ स्वतन्त्रसहित २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

मध्यान्ह १२ः३० बजेसम्म यस्तो छ मत परिणामः 

  • रुख – १८९२
  • सुर्य – १३७८
  • हसिया हथौड़ा – ११८८
  • केटाकेटी – ७३६
  • कैँची – ६४२
  • हलो – २९५
  • बाकस – १९३
  • स्तकोट – ४९
  • मादल – ४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *