राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताः चन्द्रागिरिका खेलाडीहरूको पहिलोपटक दुर्घटना बीमा

Thankot Times

थानकोट ।

भोलि सोमबारबाट चन्द्रागिरि नगरमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुँदैछ ।

नैकापस्थित फुटबल मैदानमा सुरु हुने प्रतियोगितामा नगर क्षेत्रका ४२ विद्यालयका १ हजार ७ सय ६४ जना स्कुले खेलाडीहरूले विभिन्न चार खेलका १४ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

तीन दिने प्रतियोगिता अन्तर्गत कबड्डी, मार्सल आर्ट्स, भलिबल र ट्य्राक एण्ड फिल्डका खेल सञ्चालन हुने चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीको भनाइ छ । प्रतियोगिताका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चन्द्रागिरि पाँचाै राष्ट्रपति रनिङ्ग शिल्डमा ४२ विद्यालयका १ हजार ७ सय ६४ विद्यार्थी सहभागी हुने

यसैबी चन्द्रागिरिका स्कुले खेलाडीहरूको पहिलोपटक दुर्घटना बीमा गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएका सबै १ हजार ७ सय ६४ जना विद्यार्थी खेलाडीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *