रोल्पामा पुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु

Thankot Times

थानकोट ।

रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले बताइन् । 

उनका अनुसार घटनामा दुई जना घाइते समेत भएका छन् । 

मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र  देवीराम परियारको मृत्यु भएको छ ।

दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *