पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब काठमाडाैंमा पेट्रोल लिटरको १६० रुपैयाँ

Thankot Times

थानकोट ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा प्रति लिटर २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ