आजको माैसम पूर्वानुमानः तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको प्रबल सम्भावना

Thankot Times

थानकोट ।

नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’ को आंशिक प्रभाव रहेको छ ।

देशभर मौसम मुख्यतया सफा रहेको छ ।

देशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, मधेश प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *