बन्दीपुर केबलकारको भाडादर के कति छ ?

Thankot Times

थानकोट ।

तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रवर्द्धन गरेको बन्दीपुर केबलकार चढ्नेको संख्या दिनुहुँ बढ्दो छ ।

गत जेठ ३१ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको बन्दीपुर केबलकार चढ्न चहलपहल बढेको हो।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने कम्पनीको दाबी छ ।

बन्दीपुरको केबलकार चोकदेखि प्रसिद्ध खड्गदेवी मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिन्छ ।

केबलकारको ३१ गोण्डला मध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् ।

केबलकारको भाडा दर के कति छ ?
बन्दीपुर केबलकार प्रयोग बापत नेपाली नागरिकहरूले एकतर्फी यात्राका लागि ३ सय रुपैयाँ र दोहोरो यात्राका लागि पाँच यस रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिकहरूका लागि २५० रुपैयाँ र फरक शारीरिक क्षमता भएका व्यक्तिका लागि ३ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थीहरूले भने ३५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ