बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानकी अञ्जलीलाई सिंगापुरमा स्वर्ण पदक

Thankot Times

थानकोट ।

सिंगापुरमा जारी १६औ एसिया प्यासिफिक सितोरियो कराँते च्याम्पियनसीपमा नेपालकी खेलाडी अञ्जली महर्जनले स्वर्ण पदक जितेकी छन् ।

चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँस्थित धन बहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी महर्जनले प्रतियोगिताको महिला सिनियर ५० केजी मा स्वर्ण जितेकी हुन् ।

महर्जनले सिंगापुरमा भईरहेको प्रतियोगितामा सेमिफाईनलमा फिलिपिन्सका खेलाडी लाई ८-० र फाईनलमा सिंगापुरकी खेलाडीलाई ७-० अंकको फराकिलो जितसँगै नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

हिजो शुक्रबारबाट सुरु भएको प्रतियोगिता आगामी मंगलबारसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *