नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न १ सय जना कर्मचारी, वार्षिक ७० करोड रुपैयाँ प्रवेश शुल्क उठ्ने
थानकोट ।
निर्माणाधीन नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालनका लागि मोडालिटीका लागि मस्याैदा तयार पारिएको छ ।
मस्याैदामा सुरुङ मार्ग सञ्चालनका लागि मेकानिकल इञ्जिनियर, इलेक्ट्रिसियन, विज्ञ र अनुभवी टोली चाहिने भन्दै विदेशी कम्पनीलाई सञ्चालनको जिम्मा दिने प्रस्ताव सो मस्याैदामा उल्लेख छ ।
मस्याैदामा करिब ४० करोड रुपैयाँ सो सुरुङ मार्ग सञ्चालन खर्च आउने बताइएको छ ।
चाैबिसै घन्टा सञ्चालन हुने सुरुङ मार्गमा ६० देखि १ सय जनासम्म जनशक्ति आवश्यक गर्ने बताइएको छ ।
हाल दैनिक ९ हजार सवारी साधन नागढुङ्गा हुँदै काठमाडाैं भित्रने र बाहिरिने गर्दछन् ।
सुरुङ मार्ग सञ्चालनमा आए ७० प्रतिशत सवारी साधनले सुरुङ मार्ग प्रवेश गर्न पाउनेछन् ।
सुरुङ मार्गको प्रयोगमा सवारीसाधनको प्रकृति अनुसार ५० देखी ५०० सय रुपैयाँसम्म सेवा शुल्क लिइने सो मस्याैदामा रहेको बीजमाण्डूमा शुक्र गिरीले समाचार लेखेका छन् ।