फिफा वरियतामा नेपालको एक स्थान सुधार

Thankot Times

थानकोट ।

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा छ ।

नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो ।

अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३९.२ बनाएको छ ।

नेपालले यसै महिना ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । ताजिकिस्तानसँग पराजित भएपनि अफगानिस्तानलाई भने हराएको थियो ।

आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १२७औं स्थानमा छ ।

अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *