चन्द्रागिरि हिल्सको वार्षिक साधारण सभा पुस ३ मा, यसपटक पनि सेयरधनीको हात खाली

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले पुस ३ गते  १५औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । अघिल्लो वर्ष पनि कम्पनीले लाभांश वितरण गरेको थिएन् ।

तसर्थ, लगातार तेस्रो वर्ष कम्पनीका सेयरधनी लाभांश पाउन वञ्चित भएका छन् ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ  ।

तसर्थ, मंसिर २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *