१६ दिन थुनामा रहेका पूर्वमन्त्रीले पाए क्लिनचिट, चन्द्रागिरिका एकसहित ११ जनाविरुद्ध मुद्दा दायर

Thankot Times

थानकोट ।

जिल्ला अदालत काठमाडौंमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको संलग्नता आशङ्का गरिएको मानव तस्करी प्रकरणमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले  पूर्वमन्त्री अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै अन्य ११ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरुले कोशी प्रदेशको कानुन मन्त्रालयको लिखत किर्ते गरी परिचयपत्र निर्माण गरेको समेत पाइएकाले उनीहरूलाई लिखत किर्तेको अभियोग लगाइएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यीमध्ये  दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार भएकाले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ।

यसैबीच कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *