चन्द्रागिरिका सडकमा भेटिने छाडा तथा सामुदायिक कुकुर नियन्त्रणमा लिइने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले छाडा तथा सामुदायिक कुकुर व्यवस्थापनको प्रकृया सुरु गरेको छ ।
आइतबार सूचना जारी गर्दै नगरले कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र रहेका छाडा तथा सामुदायिक कुकुर व्यवस्थापन गर्ने प्रयोजनका लागि जग्गा भाडा लिन लागिएको जनाएको छ ।
सूचनामा जनाइए अनुसार पाैष ९ गतेभित्र सो का लागि जग्गा भाडामा दिन प्रस्ताव पेश गर्न सकिने उल्लेख छ ।
चन्द्रागिरि नगरपालिकाले १० वर्षसम्मका लागि जग्गा भाडामा खोजी गरेको बुझिएको छ ।