मंसिर १६ मा उपनिर्वाचन हुने कीर्तिपुर लगायतका स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्न सार्वजनिक बिदा दिन भनेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *