क्यानडाबाट फर्किएका दम्पती सिनामंगलस्थित एक होटलमा मृत भेटिए

Thankot Times

थानकोट ।

काठमााडाैंको सिनामंगलस्थित एक होटलमा श्रीमान-श्रीमती मृत भेटिएका छन् ।

सुनसरीको दुहवी निवासी ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।

उनीहरू शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ ।

सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि शनिबार काठमाडौं फर्किएका थिए ।

त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू सोही होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *