मनकामना केबलकार स्थापनाको २६ वर्ष पूरा, आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार मनकामना केबलकारले सेवा आरम्भ भएको २६ औं वर्ष पूरा भएको छ ।

मनकामना दर्शन प्रालिद्धारा प्रवर्द्धित मनकामना केबलकारले शनिबार २७ औं वार्षिकोत्सव मनाएको हो ।

केबलकार सेवा २७ वर्षमा प्रवेश अवसरमा कम्पनीले शनिबार एक विज्ञप्ती जारी गर्दै आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ । 

वि.संं २०५५ सालबाट सेवा दिइरहेको नेपालकै पहिलो केबलकारमा वर्षेनी लाखाैं यात्रुहरूले यात्रा गर्दै आएका छन् ।

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुहरूको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै रहेको कम्पनीले जनाएको छ ।

कम्पनीद्धारा विज्ञप्तीमा भनिएको छः

माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको जानकारी गराउँदा हामी गौरवान्वित भएका छौं र आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गर्दछौं ।

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबुश्रेष्ठलाई सम्झँदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ ।

२६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनत डीजीटल प्रणालीमा स्तरोन्नति गरिएको छ । साथै, मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएका छौं ।

यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।

स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको पुण्य नीति अनुसार हामीले शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी (सीएसआर) नीति अंगाली आएका छौं । यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौं । विनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ ।

सीएसआर नीति अनुसार नै हामीले केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत-१ प्रतिशत का दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौं ।

आज हामीलाई यहाँ सम्म ल्याई पुर्याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा यस कम्पनी हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दछ ।

यहाँसम्म ल्याई पुर्याउँदा यस कम्पनीका सबै तहका कर्मठ कर्मचारी मित्रहरूको लगनशिलता तथा योगदानलाई उच्च कदर गर्दै सबैमा धन्यवाद ज्ञापन गर्दछौं । साथै कम्पनीको समाचारहरू विगतदेखि नै सम्प्रेषण गर्दै सहयोग गर्दै आउनुभएका पत्रकार मित्रहरूलाई समेत धन्यवाद एवं आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत यहाँको स्नेह र सहयोग हुनेछ भन्ने विश्वास लिएका छौं । 

अन्तमा, केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबुश्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको मार्गदर्शन अनुरूप कार्य गर्दै जाने अठोट समेत व्यक्त गर्दछौं ।

माता मनकामनाले हामी सबैको कल्याण गरून् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *