ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप आजदेखि, नेपालले आज श्रीलंकासँग खेल्दै
थानकोट ।
पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप सुरु हुँदैछ ।
वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ ।
ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।
ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल घाद्दी इन्स्टिट्युट अफ क्रिकेट लाहोरमा हुनेछ । यस्तै, नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । याे खेल लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ मा बंगलादेशसँग, तेस्रो खेल अफगानिस्तानसँग नोभेम्बर २५ मा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ मा तथा पाँचौ खेल नोभेम्बर २७ मा घरेलु टोली पाकिस्तानसँग खेल्नेछ ।
रमेश बहादुर बानियाँको कप्तानीमा रहेको नेपाली टोलीमा सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, पदम बहादुर बदैला, भरत थापा, प्रविन स्याङताङ, मदन न्यौपाने, अमिश गुरागाईँ, शान्त बहादुर पाहारी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की, रविन्द्र बोहोरा र यूवराज भण्डारी छन् ।
त्यस्तै टिमको प्रशिक्षकमा नहेन्द्र निरौला र सहायक प्रशिक्षकमा मनसुन बोहोरा रहेका छन् । त्यस्तै टिम लिडरमा पवन घिमिरे, तुन्बुरु उप्रेती टोली व्यवस्थापक, नेत्रहीन क्रिकेट संघ नेपाल महासचिव अमृत बराल अफिसियल र बन्दोबस्ती ब्यवस्थापनमा उपेन्द्र श्रेष्ठ रहेका छन् ।