प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली र मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई)को प्रमुख पदमा नियुक्त गरेका छन् ।
संवादका क्रममा मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।
तस्बिरः प्रधानमन्त्री ओलीको एक्स (ट्वीटर) बाट